ताजा समाचार

सर्वोच्चका न्यायाधीशद्वय चुडाल र सुवेदीले लिए शपथ

काठमाडाैँ । सर्वोच्चका नवनियुक्त न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च परिसरमै उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथ लगत्तै उनीहरूलाई इजलास समेत तोकिएको छ । न्यायाधीशद्वय चुडाल र सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वैशाखमा न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

२८ फागुनमा न्यायपरिषद्ले उनीहरूलाई न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको नाम सर्वसम्मतिले अनुमोद गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका सञ्चालकलगायतका पदाधिकारीले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org