ताजा समाचार

कोभिडविरुद्धको भ्याक्सिन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५% छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले कोभिड– १९ विरुद्धको खोप लगाउनेहरूलाई केबलकार यात्रामा  २५ प्रतिशत छुट मिल्ने भएको छ ।

चन्द्रागिरि हिल्सले कोभिड-१९ विरुध्दको लडाईमा ऐक्यबद्धता जनाउदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ कम्पनीले  यो प्याकेज ल्याएको हो ।

उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागु गरिएको चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक बिक्रम शाहले जानकारी दिए ।

उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org