ताजा समाचार

काठमाडाैँ उपत्यकामा थपिए १०५१जना कोरोना संक्रमित

काठमाडाैँ । काठमाडौं उपत्यकामा १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार  काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

यस्तै देशभर २३५१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org