ताजा समाचार

शेरबहादुर तामाङ बने एमाले कार्यालय सचिव

काठमाडाैँ । प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् ।

तामाङले आफूले कार्यालय सचिवको जिम्मेवारी पाएको बताए । तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए ।

एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org