ताजा समाचार

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटः उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्ने योजनामा रहेको छ ।

नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्ने सुरमा रहेको छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ ।

नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ । नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स पनि आफ्नो त्यहि लयलाई कायम राख्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org