ताजा समाचार

बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं ।  कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्दिकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिइन्। कोरोना संक्रमण पुष्टि भएपछि सिद्धिकी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन्। उपचारको क्रममा उनको गएराति मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिए।

यस्तै कोरोना संक्रमबाट खजुराकी ४७ वर्षीया महिला र ३६ वर्षीय पुरुष र नेपालगन्जका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिए। यस्तै कोहलपुरमा एक जना कोरोना संक्रमित घरमै मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय पुरुष गएराति मृत अवस्थामा भेटिएका जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org