ताजा समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय गरिने

काठमाडाै। आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ।

एक मन्त्रीका अनुसार बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो।

बैठक विशेषगरी कोरोना महामारी र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसबारे केन्द्रित हुनेछ।

सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुन्छ। आइतबार बसेकाे सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।

यस्तै संक्रमितको संख्या पहाडमा २०० र सहरमा ५०० नाघे निषेधाज्ञा गर्न र त्यो अधिकार स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले तीलगायत कोरोना महामारी नियन्त्रण सम्बन्धमा आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org