स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन कार्यतालिका अनुरुप नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका अनुरुप नै तयारी भइरहेको जनाएको छ ।
उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २१ गते नै दावी विरोधका लागि उजुरी दिने,२४ गते उम्मेदवारी मनोनयन गर्ने लगायतका कार्यक्रम छन् ।
तर, काठमाडौं उपत्यकामा कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि २२ गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले १५ दिनसम्म निषेधाज्ञा लगाउन पाउने अख्तियारी जिल्ला प्रशासनलाई दिएको छ ।
तथापी, राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचन ३५ दिनभित्र गर्नुपर्ने व्यवस्थाका कारण तोकिएकै मितिमा निर्वाचन गर्ने तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
“रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्नैपर्ने ऐनको व्यवस्था छ । सोही अनुसार मिति तोक्नका निम्ति सरकारलाई आयोगले परामर्श दिएको र मिति तोकिएका हुनाले कानुनी रुपमा निर्वाचन सार्न सक्ने अवस्था छैन,” थपलिया भन्छन्, ” पूर्ण सतर्कताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै निर्वाचन सोही मितिमा सम्पन्न गर्नेगरी आयोगले आवश्यक तयारी गरिरहेको छ । त्यही कुरा सबैलाई अनुरोध पनि गरिएको छ ।”
आयोगले हाल निर्वाचनको आचारसंहिता तयार गरिरेहेको उनले बताए ।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा राष्ट्रिय सभा सांसद पद रिक्त भएको थियो । बादल वैशाख ५ गते सांसदबाट पदमुक्त भएका थिए ।
वाग्मती प्रदेशमा हुने उक्त निर्वाचनका लागि प्रदेशका ११० र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी २३८ गरी कूल ३४८ मतदाता छन् ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...