ताजा समाचार

काठमाडौंमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गराउन सिडिओ आफैं निस्किए

काठमाडाैँ । काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ।

शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैं अनुगमनमा निस्केका छन्।

शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसाथ पराजुली अनुगमनमा निस्केका हुन्।

‘अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किनुस् भन्ने हाम्रो अनुरोध छ,’ रिजालले भने, ‘निस्केको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरिएको छ।’

सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताए।

प्रशासनले खोल्न पाइने र नपाइने पसल, खाद्यान्न, डिपार्टमेन्ट स्टोरबारे तोकिसकेकाले त्यसलाई पालना गर्नुपर्ने पराजुलीले बताए।

अनुगमन साथै टोली अस्पताल तथा खाली भवनहरूको खोजीमा लागेको छ। कम्तीमा एक हजार बेडको अक्सिजनसहितको आइसोलेसन बेड चाहिने भएकाले टोली खोजीमा लागेको हो।

‘अहिले अस्पतालको संख्या बढाउनुपर्ने अवस्था छ, कुन अस्पताल वा कुन ठाउँमा खाली भवन छन् खोजिरहेका छौं,’ अनुगमनमा निस्केका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने।

क्षेत्रपाटी, कालिकास्थान, वीर अस्पताललगायत ठाउँमा टोली पुगिसकेको छ। क्षेत्रपाटीको ५० बेडको अस्पताल बनाउन भवन भेटिएको प्रजिअ पराजुलीले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएको छ। त्यसका लागि ठाउँहरू खोजी भइहरेको छ।

यस्तै, मृत्युदर बढिरहेकाले शव व्यवस्थापन, जलाउने स्थानको व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org