ताजा समाचार

कुशुम लामा नेशनल आइसीटी अवार्ड २०२१ द्वारा सम्मानित

वित्तीय संस्थालाई डिजिटलाइजेशन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामालाई नेपाल सरकारद्वारा नेशनल आइसीटी अवार्ड २०२१ बाट पुरस्कृत

काठमाडाै । बैंक तथा वित्तीय संस्थालाई डिजिटलाइजेशन गर्नमा महत्वपूर्ण भूमिका निभाउने प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामालाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकलाख नगद रासी सहित नेशनल आइसीटी अवार्ड २०२१ बाट पुरस्कृत गरेको छ ।

लामाले नेपालको बैंक वित्त तथा सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नमा नेतृत्वदायि भूमिका निर्वाह गरेबापत उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली बैंक वित्त तथा सहकारी एवं रेमिट्यान्स क्षेत्रले डिजिटल फड्को मार्नमा लामाको महत्वपूर्ण भूमिका मानिन्छ । नेपाल राष्ट्र बैंकबाट पहिलो लाइसेन्स प्राप्त पीएसपी कम्पनीका रुपमा रहेको प्रभु टेक्नोलोजी प्रालि मार्फत संचालीत प्रभु पे, राष्ट्र बैंकबाट पीएसओ लाइसेन्स प्राप्त कम्पनी एससीटी लामाकै नेतृत्वमा सुरु भएको थियो भने नेपाली इन्स्योरेन्स क्षेत्रमा पहिलो महिला अध्यक्ष (प्रभु इन्स्योरेन्स) रहेकी लामाले पहिलो पटक इन्स्योरेन्स क्षेत्रलाई पनि डिजिटलाइजेशन गर्नुभएको थियो ।

उहाँले ७ बर्ष अघि प्रभु मेनेजमेन्टद्धारा विकसीत सफ्टवेयर ग्रामिण क्षेत्रका सहकारीलाई निशुल्क वितरण गरी सहकारीलाई समेत डिजिटलाइजेशन गर्नुभएको थियो । हेल्लो पैसा, प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे), प्रभु मनि ट्रान्सफर, एससीटी, लगायतका कम्पनी मार्फत बैंक वित्त क्षेत्र तथा सहकारी मार्फत ग्रामिण क्षेत्रलाई डिजिटलाइजेशन गर्नमा नेतृत्व गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले लामाको प्रशंशा गर्नुभयो । लामा प्रभु मेनेजमेन्ट, प्रभु इन्स्योरेन्स एवं स्मार्ट च्वाइसकी अध्यक्ष हुनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org