ताजा समाचार

खोप लगाउनेमा हामी दक्षिण एसियामा दोस्रो हौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गर्न लागि परेको बताएका छन् ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको पहुँचमा खोप पुर्‍याउन दातृ राष्ट्रबाट अनुदान लिनेका अतिरिक्त खरिद् प्रक्रिया सुरु गरिएको र कोही बञ्चित नहुने बताएका छन् ।

देशबासीलाई सम्बोधन गर्दै उनले नेपाल खोप लगाउनेमा दक्षिण एसियाको दोस्रो भएको बताएका छन् ।

उनले कोरोनाविरुद्धका लागि सबै शक्ति परिचालन गरिएको नेपाली सेनालाई हजार शय्याको अस्पताल निर्माण गर्ने जिम्मा दिएको, वीर अस्पतालको नयाँ भवनमा पाँच सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउन लागिएको बताएका छन् ।

उनले कोभिड संक्रमितलाई उपचारमा कुनै कमी नहोस् भनेर सरकारले पर्याप्त ध्यान पुर्‍याइएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org