ताजा समाचार

निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका सीडीओको बैठक जारी

काठमाडाैँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाई गर्दै लम्ब्याउने निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसिरहेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई भने कोरोना संक्रमण पुष्टि भएको छ।

निरौला सोमबारको बैठकमा भने सहभागी थिए।

यसअघि जारी गरेको निषेधाज्ञा आदेश सकिन एक दिन मात्रै बाँकी रहेकाले त्यसको समीक्षा गर्दै थपकडाई गर्ने गरी निषेधाज्ञा थपबारे निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

अहिले सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था पनि सञ्चालनमा छन्। खाद्य पसल पनि साँझ बिहान सञ्चालन गर्न दिइएको छ।

तर अब यी सँगै हिडडुलमा पनि कडाइ गर्ने प्रमुख जिल्ला अधिकारीको तयारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org