ताजा समाचार

केएमसीले तोक्यो कोभिड बिरामीका लागि क्याबिन चार्ज, प्रतिदिन १० देखि ३० हजारसम्म

काठमाडाै ।  निजी अस्पतालहरूले कोभिडका बिरामीको शुल्क ३० हजार रुपैयाँसम्म लिन थालेका छन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले सूचना नै निकालेर शुल्क निर्धारण गरेको छ । केएमसीले कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार रुपैयाँ कायम गरेको छ ।

पाँच सय शय्याको कोभिड केयर युनिट सञ्चालन गर्न सरकारले केएमसीलाई अनुमति पनि दिएको छ । संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सरकारले उपलब्ध गराउने सहमति भएको छ ।

सामान्य उपचारका लागि ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ सरकारले ब्यहोर्ने छ ।

क्याबिनको हकमा भने तोकिएको दर रेटभन्दा ५० प्रतिशत बढी लिन पाउने सहमतिमा उल्लेख छ ।

हेर्नुस् सूचना :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org