ताजा समाचार

पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

बैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यकर्मीको टोलीले सरकारी निवास बालुवाटारमै पुगेर स्वाब संकलन गरेको हो। अरु सांसद र संसद सचिवालयका कर्मचारीको बुधबार र बिहीबार स्वाब संकलन गरी परीक्षण गरिसकिएको छ।

प्रधानमन्त्रीसँगै उनका स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org