ताजा समाचार

सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा लाग्छु : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता हुने बताएका छन् । कानून दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन् । विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org