ताजा समाचार

रुकुमकोटमा जारी सिल एकसाता थपियो

सदरमुकाम रुकुमकोटसहित १९ ठाँउमा सिल

रुकुम-पुर्व । कोरोना संक्रमणको जोखिम बढ्दो क्रममा भएपछि रुकुम –पूर्व) को जिल्ला सदरमुकाम रुकुमकोटमा जारी सिल पूनः एक सातालाई लम्ब्याइएको छ । यहि वैशाखको २२ गते राती १२ बजेबाट लागु हुनेगरी गरिएको रुकुमकोट सिलको अवधि बुधबार राती १२ बजे सकिदै छ । यहि बेलामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको बैठकले रुकुमकोटमा सिल लम्ब्याउनुका साथै जिल्लाका अन्य क्षेत्रहरुमा पनि जेठ ५ गते राती १२ बजेसम्मलाई सिल गर्ने निर्णय गरेको हो ।

बुधबार राती १२ बजेबाट लागु हुने गरी अब सिस्ने गाउँपालिका वडा नम्बर २ को नायगाड, वडा नम्बर ३ को पोखरालाई पनि सिल गरिने छ । यस्तै मध्यपहाडी लोकमार्गले छोएका अर्थात आसपासमा पर्ने बस्तिहरु खोपीचार, रुकुमकोट, सिसाघारी, खाबाङ बगर, काक्रिँ, लुकुमदेखि पातीहाल्नासम्मका क्षेत्रमा सिल गरिने कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । उहाँकाअनुसार भूमे गाउँपालिकाको ७ नम्बर वडामा पर्ने धर्मशाला, वडा नम्बर ६ को महत बजार क्षेत्र, पुथाउत्तरगंगा गाउँपालिका १ को मैकोट, ८ को चारगाउँ, १० को तकमा पनि सिल गरिने छ ।

यस्तै वडा नम्बर ११ को सेरा, वडा नम्बर १२ को कोल, १३ को पिपलटुङ, नयाँबजार र वडा नम्बर १४ को राङ्सीमा पनि सिल हुने प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो । जिल्लाको विभिन्न ठाउँमा कोरोनासँग मिल्दो जुल्दो लक्षणसहितका बिरामीहरुको संख्या बढेको र मानीसहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्डा पालना नगरि लापरबाही गरिरहेकाले निश्चित क्षेत्र तोकी सिल गरिएको उहाँले बताउनुभयो । अहिले जिल्लामा कोरोना बिरामीलाई उपचारको लागि बेडदेखि लिएर परिक्षणको लागि किट र अक्सिजन पनि छैन् । यसले गर्दा पनि कोरोना नियन्त्रणमा थप चुनौती देखिएको छ ।।

यस्तै ।।
रुकुमकोट सिल गरिएको अवधिमा जिल्लाभीत्रै यात्रुबाहक अर्थात सार्वजनिक गाडीहरु चल्न दिइने छैन । औषधी पसल २४ घण्टै खुला रहने छन् भने खाद्यान्न जन्य पसलहरु साझ र बिहान दुईदुई घण्टा खोल्न पाइने छ । बिहान ७ बजेदेखि ९ बजेसम्म र साझको ५ बजेदेखि ७ बजेसम्म मात्र खाद्यान्न्जन्य पसुलहरु खुला हुनेछन् । सोही समयमा कृषिजन्य सामाग्रीहरु, पशुपन्छिको दाना र निर्माण सामाग्री विक्रि वितरण गर्ने पसल, पेट्रोल पम्प, ग्यास, डिपो लगाएतका पसलहरु खुल्नेछन् । सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएर छापाखाना र सवारी साधन मर्मतस्थल खोल्न सकिने छ । अन्य सबै पसलहरु बन्द गरिने प्रजिअ राईले बताउनुभयो ।

यस्तै बैंकीङ क्षेत्रको सेवाप्रवाहलाई पनि विभाजन गरिएको छ । रुकुमकोट स्थित प्रभु बैंक, राष्ट्रिय बाणीज्य बैंक र ग्लोबल आइएमई बैंकले हप्ताको आइतबार, मंगलबार र बिहिबार सेवा दिने छन् । नेपाल बैंक लिमिटेड, एनआइसी एसीया बैंक र कृषि विकास बैंकले सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह गर्ने प्रजिअ राईले बताउनुभयो । अन्य सहकारी र लघुवित्तहरुले भने बिहान १० बजेदेखि दिउसो १ बजेसम्म कार्यालय सञ्चालन गर्नेछन् ।

यस्तै जिल्लाका सरकारी कार्यालयमा एक चौथाई कर्मचारीको उपस्थितमा कामकाज गरिने छ । सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, सवबहान, औषधी, निर्माण सामाग्री खाद्यान्न, ग्यास, पेट्रोलीयम प्रदार्थ बोकेका गाडिहरु चल्नेछन् । यस्तै कर्मचारीले अत्यावश्यक कामका साथै अफीस जाने प्रयोजनमा, प्रेस पास प्राप्त र झण्डावाल सवारीहरुलाईमात्र चल्न दिइने प्रमुख जिल्ला अधिकारी राईले बताउनुभएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org