ताजा समाचार

कर्पोरेट नेपालद्धारा बार्षिक उतसवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई रु. ५० हजार सहयोग

काठमाडौं । सातौं बर्ष प्रवेशको अवसरमा कर्पोरेट नेपाल डटकमले राष्ट्रिय आविस्कार केन्द्रलाई रु. ५० हजार रुपियाँ सहयोग गरेको छ । शनिबार केन्द्रको किर्तिपुरस्थित कार्यालयमा पुगेर कर्पोरेट नेपालको टिमले केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) महामारी संक्रमण तीब्र भइरहेको बेला आविस्कार केन्द्रले महामारी नियन्त्रणमा भूमिका खेल्दै आएको छ । केन्द्रले पछिल्लो समयमा अक्सिजन ग्यासको ठूलो अभाव भइरहेको बेला त्यो अभाव कम गर्न अक्सिजन प्लान्टहरू मर्मत गर्ने, हिमाल आरोहणका क्रममा प्रयोग हुने अस्किजन सिलिण्डरहरू संकलन गरी प्रयोगमा ल्याउने, तत्कालको अक्सिजनको समस्या समाधान गर्न अस्पतालहरूमा मिनि प्लान्टको प्रविधि विकास गर्ने, हरेक दिन सयौंको समस्यामा पीपीईहरू उत्पादन गरी निःशुल्क वितरण गर्ने जस्तो कामहरू गर्दै आएको छ । ब

कर्पोरेट नेपालका अध्यक्ष तथा सम्पादक सीताराम विलासीले विषम परिस्थितिका कारण बार्षिकोत्सव मनाउन नसकिएकोले उक्त प्रयोजनका लागि विनियोजित रकम आविस्कार केन्द्रलाई सहयोगस्वरुप प्रदान गरिएको बताए । प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार म्यागासेसेसहित थुप्रै पुरस्कार र सम्मान पाएका महावीर नेपालको प्रतिष्ठित बैज्ञानिक हुन् ।

बिजकेयर नेपाल प्रा.लि.द्धारा सञ्चालित कर्पोरेट नेपाल आर्थिक क्षेत्रको परिचित अनलाइन पत्रिका हो । यस संस्थाले विषम परिस्थितिमा पनि जनतालाई सुसुचित गर्न नियमितरुपमा सेवा प्रवाह गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org