ताजा समाचार

एकैदिन ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । भने ८ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२९ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

देशभर गरिएको २० हजार एक सय ५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ मा कोभिड स‌क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या पाँच लाख ५ हजार ६ सय ४३ पुगेको छ ।

त्यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । हालसम्म नेपालमा तीन लाख ८३ हजार ६८४ ले संक्रमणलाई जितेका छन् ।

हाल नेपालमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित आइसोलेशनमा र ८८६ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org