ताजा समाचार

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजनको क्रितिम अभाब देखायो, सिडियो भन्छन्, ‘हामी पुर्वपश्चिम अक्सिजन पठाइरहेका छौं, वीपीमा कसरी अभाव हुन्छ ?’

काठमाडाै । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको भन्ने समाचारले आफु अचम्मित भएको सुनसरीमा प्रमुख जिल्ला अधिकारीले प्रतिक्रिया दिएका छन् ।

सुनसरीबाट पुर्व र सुदुरपश्चिमका जिल्लाहरुमा पनि अक्सिजन आपूर्ति भइरहदा यहीको अस्पतालमा भने अक्सिजन अभाव भएको खबर सही नहुने प्रजिअ उमेशकुमार ढकालले बताए । क्लिकधरानसँगको कुराकानीमा प्रजिअ ढकालले आफुले उपकुलपति, अस्पताल निर्देशकलगायत पदाधिकारीसँग यो बिषयमा आवश्यक जानकारी लिएको र यथार्थ कुरा सार्वजनिक गर्न निर्देशन दिएको बताए । ‘हामी सुनसरीबाट पुर्वपश्चिम अक्सिजन सप्लाई गरिरहेका छौं, यही जिल्लामा कसरी अभाव हुन्छ ?’प्रजिअ ढकालले भने,‘वीपीसँग सिलिण्डर पनि पर्याप्त छ, अक्सिजन अभाव हुन दिदैनौं, हामीले के गर्नुपर्छ भन्नु पर्यो भनेको छुँ ।’

स्रोतका अनुसार प्लान्ट बिग्रिएर अक्सिजन अभाव भएकोले भर्ना नलिने आसयमा विज्ञप्तीवाजी गरेर जनतामा भ्रम र त्रास सृर्जना गरेको प्रति प्रजिअ ढकालले प्रतिष्ठानका पदाधिकारीहरुसँग आक्रोशति भएका थिए । जिल्लामा पर्याप्त अक्सिजन उत्पादन भइरहदा पनि प्रशासनसँग समन्वय नगरी अक्सिजन अभाव भयो भन्दै विज्ञप्ती निकालेकोप्रति प्रजिअ ढकालले आक्रोश पोखेको स्रोतको भनाई छ ।

प्रजिअ ढकालका अनुसार अक्सिजन प्लान्ट बिग्रिएर बनाउन २, ४ दिन लागे पनि अहिले हल्ला भएजस्तो अक्सिजन अभाव नरहेको बताए । ‘बिग्रेको प्लान्ट मर्मत हुदैछ । २, ४ बिग्रदैमा अभाव हुन्छ ? वीपीसँग नै पर्याप्त सिलिण्डर रहेछ, अनि कसरी अभाव भयो भनेर हल्ला भयो ? हामी भनेजति दिन्छौं भनेको छुँ,’उनले भने ।

प्रजिअ ढकालका अनुसार वीपीमा ठुलो सिलिण्डर २ सय हाराहारी र सानो सिलिण्डर ५ सय हाराहारीमा छ । यो संख्या कोभिड अस्पतालमा पर्याप्त भएको उनले बताए । सिलिण्डर खाली भएपछि प्रशासनसँग समन्वय गरेमा तत्काल भरेर पठाउने व्यवस्था हुने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org