ताजा समाचार

जिल्ला प्रशासन काठमाडौंको चेतावनी– अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गरे पाँचलाखसम्म जरिबाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सार्वजनिक जानकारीमा यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिबाना लगाइने भएको छ ।     यस्तो छ सार्वजनिक जानकारी                                           

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org