ताजा समाचार

७ हजार ४ सय २५ जना संक्रमित थपिए, १८५ जनाको मृत्यु

काठमाडौं । देशभर गत २४ घण्टामा ७ हजार ४ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार २ सय २० र ६ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कूल संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ। जसमध्ये ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन्।

१ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार ३ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

गम्भीर अवस्थाका १ हजार ६ सय ९७ जना संक्रमित आइसियुमा उपचाररत छन्। तीमध्ये ४ सय ६७ जना भेन्टिलेटरमा छन्।

गत २४ घण्टामा १ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ६ हजार ३ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org