ताजा समाचार

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org