ताजा समाचार

सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग आज छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग छलफल गर्ने भएका छन्।  सभामुख सापकोटाले आज दिउँसो १ बजे पूर्व सभामुखहरूसँग छलफल गर्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका बारेमा छलफल गर्न सभामुख सापकोटाले पूर्व सभामुखलाई बोलाएको सचिवालयले  जनाएको छ।

सापकोटाले २०४८ सालपछिका सभामुखहरू दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org