ताजा समाचार

अबकाे केही दिनभित्रै नेपालले खोप पाउँछ : स्वास्थ्य मन्त्रालय

खोप ल्याउन खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवाद गरिरहेको छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनभित्र नेपालले खोप प्राप्त गर्ने बताएका छन् । मन्त्री त्रिपाठीले आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै खोप ल्याउन खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवाद गरिरहेको र केहीसँग निकट पुगिसकेको भन्दै अबको केही दिनमै खोप ल्याउने बताए ।

प्रधानमन्त्रीको निर्देशनअनुासर नेपाललाई पायक हुने खोप जुनसकुै देश र माध्यमबाट ल्याउन मन्त्रालय लागि परेको पनि उनले जानकारी दिए  ।

उनले अहिले भइरहेको निषेधाज्ञा नागरिकलाई दुख दिन नभई संक्रमण नियन्त्रणका लागि गरिएकाले यसलाई सकारात्मक लिन आग्रह समेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org