ताजा समाचार

एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् ।

योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० स्वाब नमुनाको परीक्षण गर्दा ६ हजार ९५१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै देशमा कुल संक्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा देशभर ९६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org