ताजा समाचार

राष्ट्रपतिबाट एकैपटक ४३० कैदीको कैद मिनाहा

काठमाडाै । विभिन्न जेलमा सजाय भुक्तानी गरिरहेका ४३० जना कैदीहरूले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि लागू हुने गरी ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी  कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी विभिन्न कसुरमा सजाय भोगिरहेका ४३० कैदीलाई माफी दिइएको जनाएको छ ।                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org