ताजा समाचार

ब्रिफकेस बोकेर सिंहदरबार पुगे अर्थमन्त्री

काठमाडाै । सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्।

दिउँसो ४ बजे सार्वजनिक गर्ने बजेटका लागि अर्थमन्त्री विष्णु पौडेल सिंहदरबार पुगिसकेका छन्।

प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। आजै बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org