ताजा समाचार

बजेटबारे अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्ने

काठमाडाै । सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटका विषयमा उठेका प्रश्नहरूबारे स्पष्ट पार्न अर्थमन्त्री विष्णु पौडेलले आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बजेटसम्बन्धी पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना गर्न लागिएको हो ।

स्वास्थ्य संवेदनशीलतालाई विशेष ध्यान राख्दै कार्यक्रममा उपस्थित हुन मन्त्रालयले क्यामरा पर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारहरुलाई आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org