ताजा समाचार

विराटनगरमा स्काउटले थाल्यो कोरोनाबाट ज्यान गुमाउनेको शव व्यवस्थापन

काठमाडाै । विराटनगरमा नेपाल स्काउटले सस्थागत रुपमा पहिलो पटक कोरोना कोभिड १९ संक्रमण भई निधन मृत्यु भएकाको शव व्यवस्थापन गरेेेेको छ ।                                प्रदेश नम्बर १ नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त गरि  स्थागत रुपमा पहिलो पटक कोभिड १९ बाट संक्रमण भई मृत्यु भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेको हो । यस अघि नै संक्रमितहरुको शव ब्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पुर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेले भने: प्रदेशको विभिन्न स्थान बेलबारी,रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेका छाै ।                 शव ब्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरु लाई अलग्गै बस्ने ब्यवस्थापन गरीएको पनि घिमिरेले जानकारी दिए । कोभिड १९ महामारी लाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उदेश्यका साथ डाक्टर हेल्पलाईन सेवा पनि संचालनमा रहेको छ।                                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org