ताजा समाचार

‘प्रश्न उठेका’ दुई न्यायाधीशले इजलासमै जवाफ दिने तयारी

काठमाडौं । कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमै जवाफ दिने तयारी गरेका छन् ।

संवैधानिक इजलासमा सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको थियो । आज पूरानै इजलास तोकिएको छ । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार प्रश्न उठेका दुई न्यायाधीशले सोमबारको छलफलमा मंगलबार नै इजलासमै जवाफ दिने बताएका थिए ।

उनीहरु दुईजनाका विषयमा कानुनविदहरुले लगातार प्रश्न उठाएका थिए ।  शुक्रबार र आइतबार भएका रिटमाथिको सुनुवाइमा दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेको थियो ।

केसी यसअघि पनि संसद् विघटन सम्बन्धी मुद्दाको सुनुवाइमा बसेको र श्रेष्ठले नेकपा फुटाउने आदेश दिएको हुँदा अहिलेको मुद्दा जोडिएको भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा चारजना न्यायाधीशसँग छलफल गरेको सर्वोच्च स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीशले प्रश्न उठेका दुईजना न्यायाधीशलाई ‘आफैँ निर्णय गर्न’ भनेका थिए ।

तर उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले ‘बाहिरिँदा राम्रो हुने’ सुझाव दिएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार रोष्टरमा रहेका १३ न्यायाधीशमध्ये प्रधानन्यायाधीश राणा, केसी र श्रेष्ठबाहेकका न्यायाधीश पनि सोमबार छुट्टै छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org