ताजा समाचार

फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ ।  कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि फ्रान्सले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र १४ वटा रेस्पिरेटोरीलगायत सामग्री उपलब्ध गराएको हो ।

ती उक्त सामग्री बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि फ्रान्सका राजदूत फ्रांको–जेनियर लेगरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org