ताजा समाचार

नगरिकता अध्यादेशसम्बन्धी रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन, वरिष्ठताका आधारमा तोकिए न्यायाधीश

काठमाडाै । नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश सम्मिलित इजलास गठन गरेका हुन् ।

संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा तोकिएका छन् । न्यायाधीश विश्वभर श्रेष्ठ कोरोना संक्रमित भएकाले खतिवडा इजलासमा अटाएका हुन् ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपानलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org