ताजा समाचार

पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले मेलम्ची आयोजनाको खानेपानीको वितरणमा भएको चुहावट नियन्त्रण र मर्मत–सम्हार गर्न १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । शुक्रबार सरकारका प्रवक्ता पार्वत गुरुङले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

बैठकले सरकारको स्वामित्वमा रहेको जर्मनीको बोनस्थित घरजग्गा बिक्री गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सगरमाथा संवाद कार्यक्रम गर्ने निर्णय भएको उनले बताए ।

मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने निर्णय पनि गरेको उनले जानकारी दिए ।

चीनबाट प्राप्त हुने तीन हजार ५०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै, सरकारले प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org