ताजा समाचार

थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ८१४ स्वाब नमुना परीक्षण गरिएकोमा पाँच हजार ४२ जनाको नतिजा पोजिटिभ आएको हो । ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ८५ हजार १०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ७९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर आठ हजार २४३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org