ताजा समाचार

४४७२ कोरोना संक्रमित थपिँदा ६९५१ जना निको भए, थप ९२ को मृत्यु

काठमाडाै । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ९०३ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा अहिलेसम्म ५ लाख ९१ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ९५१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा ९२ जनाको ज्यान गएको छ । योसँग नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org