ताजा समाचार

सभामुख सापकोटा बाढी प्रभावित क्षेत्र मेलम्ची बजार पुगे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुगेका छन् ।

उनी आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । उनले बाढीबाट प्रभावित बनेका स्थानीयसँग कुराकानी गरेका छन् । क्षतिबारे जानकारी लिएका छन् ।

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org