ताजा समाचार

एमालेका तीन मन्त्रीलाई सरकार छाड्न कर्णाली प्रदेश संसदीय दलको निर्देशन

काठमाडाै । कर्णाली प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी तीन मन्त्रीलाई पद त्याग गर्न निर्देशन दिएको संसदीय दलका नेता गुलाबजंग शाहले बताए ।

‘उहाँहरू सांसदमा पुनर्बहाली भएसँगै अब संसदीय दलको निर्देशन मान्नुपर्छ । पार्टीको नीतिविपरीत सरकारमा सहभागी हुनु भनेको गलत छ । सर्वोच्चको आदेश पालनाका लागि पनि उहाँहरूले सरकार छोड्नुपर्छ भनेर संसदीय दलले निर्देशन दिएको हो,’ शाहले भने ।

संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सरकार छाड्न भनेको हो । गत ३ वैशाखमा माओवादी केन्द्रकातर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएबापत उनीहरू मन्त्री बनेका थिए । यसअघि एमालेले गरेको कारबाहीका विरुद्ध रिट दायर गरेका उनीहरूलाई सर्वोच्च अदालतले सांसदमा पुनर्बहाली गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org