ताजा समाचार

गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुख शीतल निवासमा

काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु केही समय पहिले शीतलनिवास पुगेका छन्।

गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितल निवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतले भन्यो, ‘विपदकै विषयमा जानकारी लिन बोलाइएको भनिएको छ। तर यही विषयका लागि राष्ट्रपतिले यसरी बोलाउनु नपर्ने हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org