ताजा समाचार

बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

काठमाडौं । हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ ।भवनसँगै केही  सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिए । ‘सुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो । शुक्रबार रातिको बाढीले भवन पनि ढले,’ अधिकारीले भने ।

केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उनले भने ।

त्यसैगरी शुक्राबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्कुलको भवन पनि ढलाएको स्थानीय तथा एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले जानकारी दिए । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org