ताजा समाचार

पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल लगाउन सर्वोच्चको आदेश

काठमाडाै । पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल लाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

पत्रकार तथा अधिवक्तासमेत रहेका लिलानाथ घिमिरेले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो।

न्यायाधीश कुमार चुडालको इजलासले सरकारलाई १५ दिनभित्रमा लिखित जवाफ माग्दै अन्तरिम आदेश पनि जारी गरेको हो।

पत्रकारको पेशागत प्रकृति र परिस्थिति अनुसार अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता दिई कोभिडविरुद्धको खोप लगाउनु पर्ने आदेशमा उल्लेख छ।

‘पहिलो डोज खोप लगाइसकेकालाई दोश्रो डोज र पहिलो डोज नलगाएकालाई पहिलो डोज खोप लगाउने व्यवस्था तत्काल गर्नु’, अन्तरिम आदेशमा भनिएको छ।

suprem court press

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org