ताजा समाचार

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ९०४  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org