भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित
काठमाडाै । नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।
कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।
पार्टीभित्रको जारी विवाद समाधान गर्न दोस्रा तहका नेताहरूले सक्रियता बढाइरहेका बेला संस्थापन पक्षले भ्याकेट दर्ता गराएपछि खनाल–नेपाल समूहले एकताको नाममाआफूहरूलाई भुलाउने मात्रकाम गरेको निष्कर्ष निकालेको छ ।
एमालेका नेता सुवास नेम्वाङ भ्याकेटमा जाने निर्णय र पार्टीको एकता प्रक्रियाबीच कुनै साइनो नरहेको बताउँछन् ।
उनले पार्टीलाई विधिसम्मतरूपमा अगाडि बढाउन भ्याकेटमा गएको बताउँदै यसले एकतालाई कुनै असर नगर्ने बताए ।खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा पार्टी कमिटीलाई ब्युँताए मात्र एकता हुने बताउँदै आएकोमा अध्यक्ष ओलीले भने जेठ ३ पूर्वकै अवस्थामाफर्किन तयार रहेको छबुँदे प्रस्ताव गरेका थिए । अध्यक्षओलीले आयोजक कमिटी सदर गर्नुपर्ने भन्दै निवेदन दिएपछि एकता नचाहेको प्रस्ट भएको नेपाल समूहका नेता वेदुराम भुसाल बताउँछन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...