ताजा समाचार

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४२१ जना संक्रमित थपिए, ८१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ४२१ जना संक्रमित थपिएका छन् । १२ हजार ४१४ वटा नमुनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा दुई हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार ४२० रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५२ र विभिन्न समयमा मृत्यु भएकाको तथ्यांकसहित थप ८१ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट तीन हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org