ताजा समाचार

गण्डकीमा मन्त्रालय बाँडफाड, कसलाई कुन मन्त्रालय ?

काठमाडाै । गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन टुंगो लगाएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका ५ जना मन्त्रीहरुको कार्यविभाजन टुंगो लागेको हाे ।

जसअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन् । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले जसपालाई अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेका थिए । तर कांग्रेसले अर्थ मन्त्रालय दिन नमानेपछि जसपाले एउटा मात्र मन्त्रालय पाएको छ ।

त्यस्तै स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा ११ मन्त्रालय छन । अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी रहेको प्रवक्ता कुमार खड्काले बताए ।

अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org