ताजा समाचार

भोलिदेखि २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर गरी चलाउन पाइने

काठमाडाै । जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।

सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो ।

जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले  जानकारी दिए ।

ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org