ताजा समाचार

नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु अहिलेको आवश्यकता: माधव नेपाल

काठमाडौं ।  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले किसानको अधिकार सुनिश्चित गरी नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु पर्ने बताएका छन्।

धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो बताएका हुन्।  ‘असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ। नेपालको प्रमुख खाद्य बाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ। किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो।’ भनेका छन्।

त्यस्तै नेता नेपालले समयमै मल बिउ उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘समयमै मल बिउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्बोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org