ताजा समाचार

लामो दूरीका बस कहिले खुल्छन् ? गृह भन्छ– छलफल भएकै छैन

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । २५ सिटभन्दा माथिका सार्वजनिक सवारी जोर–बिजोरमा चल्न थालेका हुन ।

तर, निकै कम मात्रामा मात्रै सार्वजनिक यातायात गुडेका छन् । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । गृह मन्त्रालयका अनुसार कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि ७५ जिल्लामा निषेधाज्ञा जारी छ । तर, पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिँदै लगिएको छ । पछिल्लो समय संक्रमण र मृत्युदर घट्दै गएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा आइसकेकाले देशभर लामो दूरीका बस कहिलेबाट सञ्चालन होला भन्ने चासो सबैतिर छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल लामो दूरीका यातायात सञ्चालनबारे छलफल नभएको बताउँछन् ।

उनले  भने, “१७ गतेबाट आन्तरिक उडान सुरु हुनेछ । तर, लामो दूरीका यातायात सञ्चालनबारे त्यस्तो केही भएको छैन ।”

उपत्यकासहित विभिन्न जिल्लामा जिल्लाभित्रै सार्वजनिक यातायात भने सञ्चालन भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org