ताजा समाचार

कटारी इप्रकामा नयाँ डिएसपी राई

उदयपुर । उदयपुरको इलाका प्रहरी कार्यालय कटारी नयाँ प्रमुख  मान बहादुर राई आएका छन ।                                  तत्कालिन प्रमुख हेमन्त भण्डारी क्षेत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रिय कार्यालय टंगाल प्रहरी महाशाखा वा मातहत जिम्मेवारी सम्हाल्ने गरी नियमित सरुवा भएसँगै प्रहरी नायव उपरीक्षक मानबहादुर राईले कार्यभार थालेका हुन् ।

प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी एसपी र ५७ जना डीएसपीको सरुवा गरेको थियो । त्यसमध्ये उदयपुरबाट दुई जना प्रहरी अधिकृतको नियमित सरुवा भएको थियो । जसअनुसार उदयपुरका डिएसपी भण्डारी गएपछि मोरङबाट राई नयाँ प्रमुखको रुपमा आएका हुन् ।

डीएसपी राई यसअघि जिल्ला प्रहरी कार्यालय मोरङका लागि प्रवक्ताको जिम्मेवारीमा थिए । त्यहाँ रहदा अनुसन्धान र कार्यसम्पादनमा कुशल देखिएका राई उदयपुरको पश्चिम क्षेत्रको सुरक्षा सुधारमा कतिसम्म सफल हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org