ताजा समाचार

केपी ओली संविधान मन नपराउने विदेशी शक्तिको मत्तियार बने: नेता शर्मा

काठमाडाै । नेकपा(माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाए ।                                     आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै नेता शर्माले  केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाएका हुन      ।                                नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको उनको जिकिर छ ।

उनले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताए । उनले भने, ‘यो शक्तिको गोटीमा केपी ओली आफ्नो नेतृत्व भएर आगाडी आउनुभएको छ, एउटा मतियारको रुपमा अगाडी आउनु भएको छ । त्यो प्रवृतिको विरुद्धको लडाइँ हो भनेर हामीले बुझ्नु पर्दछ । कुनै व्यक्तिका विरुद्ध होइन यो । प्रवृत्तिको विरुद्ध हो । यो प्रवृतिको विरुद्ध लड्नु छ । तपाईहरुले यो लडाइँलाई अझ पेचिलो बनाउँदै लिएर जानुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org