ताजा समाचार

सेन्चुरी बैंकमा सिइओको रहस्यमयी राजिनामाः अब संभावना कस्को ?

काठमाडाैँ । सेन्चुरी बैंकका सिइओ श्री तुलसि राम गौतमले समयावधी छदै राजिनामा दिएछन ।

निजले आफ्नो राजिनामा संचालक समितिलाई दर्ता गराएर दिएकाछन् जब की सिइओले संचालक समितिका अध्यक्षलाई राजिनामा दिने प्रचलन छ । नौ महिना समय बाँकी हुदै अध्यक्षलाई राजिनामा नदिनु र दर्ता गराएर दिनु आफैमा रहस्यमय भएकोले हामीले यस विषयमा जान्ने प्रयास गर्यौ । सिइओ र अध्यक्षको सम्बन्ध अत्यन्त सुमुधुर रहेको बुझियो ।

बैंकको उपल्लो स्रोतबाट आश्चार्यजनक जानकारी प्राप्त भएको छ । बैंक श्रोत अनुसार “वाहाँलाई एम एम रेमिटबाट रेमिटेन्स रकम करिव छ लाख डलर नआएको मुख्य कारण थाहा थियो र त्यसमा संलग्न व्यक्ति को को भन्ने गोप्य रहस्य थाहा थियो” । सायद कुरा लुकाएर राख्दा आफु पनि फसिएला भन्ने डरले गत पौष मसान्त देखी नै वाहाँ राजिनामा दिने मनस्थितीमा हुनुहुन्थ्यो ।

उक्त रेमिटेन्स रकमको हुनामिना सिआईबिले समित सिइओलाई समेत केरकार गरेको थाहा भएको छ । र सो हिनामिना साविकको सञ्चालक समिती समेत संलग्न रहेको केही संचालकलाई आभाष भएको छ । हाल बैंकको अवस्था अत्यन्त मजबुत रहेको र खराब कर्जाहरु सबैलाई प्रोभिजन९व्यवस्था०गरिएसकेको हुँदा नाफा कम भएको देखिन्छ जसले बैंकको आन्तरिक राजनितीलाई चिर्दै व्यापार गर्न सकोस ।
नयाँ सिइओ बन्ने दौडमा श्री कुमार लम्साल,श्री शिवनाथ पाण्डे र त्यसै बैंकका डेपुटी सिइओ मनोज न्यौपानेले पहल गरिरहेको बुझिएको छ ।

कुमार लम्साल तत्कालिन सानिमा विकास बैंक र जनता बैंकको सिइओ भई सकेका छन भने पाण्डे राष्ट्र बैंकका भुतपुर्व कर्मचारी तथा सुर्य लाइफ इन्सुरेन्समा सिइओ थिइ । नाम नलेख्ने शर्तमा एक जना पुराना संचालकले भने लम्साल जी र पाण्डे जी दुवै असल व्यक्तित्व हुनुहुन्छ । तर वाहाँहरुले पहल गरेको विषयमा मलाई थाहा भएन । जाहाँ सम्म मनोज जीको कुरा छ वाहाँ आन्तरिक राजनितीमा अत्यन्त व्यस्त हुने व्यक्तित्व हो । सिइओ त कुशल व्यवस्थापक पो हुनुपर्छ न की राजनितीज्ञ । सिइओ भन्दा डेपुटी सिइओले संस्थामा धेरै काम गर्न सक्छ तर वाहाँ त सिइओलाई असहयोग गरेर आफु कसरी कसरी आफु सिइओ बन्ने भन्ने दौडमा हुनुहुन्थ्यो मनोज न्यौपाने डिसिइओ नै हुन नपर्ने र निजको बेला भई नसकेको र काँचै रहेको जानकारी दिए ।

अव सिइओको सम्भावना हेर्दा नाम चलेका सिइओ कोही आउन नसक्ने देखिन्छ । फेरी हिजो गलत कार्य गरेका संचालकहरुको कच्चा चिठ्टा खुल्ने डर र त्रासले राम्रा व्यक्ति सिइओमा प्रवौश नगर्न दिने सम्भावना समित उत्तिकै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org